काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सरकारका नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन् । बैठक आज (शुक्रबार) मध्यान्न १२ बजे सिंहदरबारमा बस्ने छ ।
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।