मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण (तस्वीरमा हेर्नुहोस्)

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् ।

तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार पार्टीले मदन नगर, बल्खुमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ भएको हो ।

आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुवै नेताको रहस्यमय निधन भएको थियो । सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना भने अझै रहस्यमय छ।

आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाँदै गर्दा भण्डारी र आश्रित चढेको जीप दुर्घटनामा परेको थियो।

यी हुन् आयोजित कार्यक्रमका तस्बिर