मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

मंगलबार, जेष्ठ २ २०८०

काठमाडौँ – सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।