काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पूर्व सभासद् आङटावा शेर्पाको टाउकोमा चोट लागेर घाइते भएका छन् ।
सोमबार आफैँ प्रहरीमा उपस्थित भएका उनको टाउको चोट लागेपछि राति नै अस्पताल पुर्याइएको थियो।
प्रहरीका अनुसार शेर्पा बाथरुम जाँदा चिप्लिएर लडेका थिए । उनलाई बिहान ४ बजे अस्पताल लगिएको र डिस्चार्ज समेत भइसकेको छ । बाथरुम जाँदा लडेर टाउकोमा चोट लागेकाले उनलाई वीर अस्पताल पुर्याएरु उपचार गरिएको प्रहरीले जनाएको छ ।
उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न आङटावाले दबाब दिएको आरोप लागेको थियो। रामेछापका उनी नेपाली कांग्रेसका पूर्व सभासद् हुन्।