काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेकाे छ ।
शुक्रबार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको हो । नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्याथीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटीले नक्कली शरणार्थी बनाएर नेपाली नागरिक बेच्नेहरु विरुद्ध विरोध कार्यक्रम गर्दै सडकमा प्ले कार्डसहित नाराबाजी गरेका थिए ।
उनीहरुले भ्रष्टाचार विरुद्धको फिल्म हेर्न टिकट काटेर बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । साथै वाइबडी काण्ड, क्यान्टन्मेन्ट घोटाला काण्डको पनि फाइल खोल्न भन्दै नाराबाजी गरेका थिए ।
बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका थिए ।