काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको अनुसन्धानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुट्टा कमाउन नहुने बताएका छन् ।
आजदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले माओवादी सरकारले अनेक बाहानामा भ्रष्टाचार गर्दै आइरहेको भन्दै ओलीले देश आर्थिक मन्दीमा रहँदा पनि अयोग्य लडाकुका बहानामा राज्यको पैसा बाँड्न खोजेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।
राज्यको ढुकुटी अनुचित तरिकाले काम गरेर खल्तीमा हाल्ने काम भ्रष्टाचार नै भएको ओलीले बताए ।
‘म अख्तियारलाई भन्न चाहान्छु, राज्यको अरबौंको हिनामिना गर्नुस् तपाईँहरू । खुट्टा नकमाउनुस् । किन खुट्टा कमाएर लिरबिर गरेर बस्नुहुन्छ रु,’ अध्यक्ष ओलीले भने । ओलीले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।
साथै सरकारको विरोधमा बोल्नसाथ स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी गएको उनको भनाइ छ ।
भ्रष्टाचारविरूद्व बोले मुख थुन्ने, उसलाई आतंकित बनाउने, कारबाहीको धम्की सरकारले दिने गरेको ओलीको धारणा छ ।