मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पूर्व राजा ज्ञानेन्द्र शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटघाट

बिहिबार, बैशाख २८ २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । उनीहरुबीच २०८० वैशाख २७ गते विशेष भेटवार्ता भएको हाे ।

पूर्व राजा शाह मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा राजपरिवारका अन्य सदस्यहरू समेत सहभागी भएको थियो ।

स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए । त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा गत २२ गते भारत गएका हुन् ।

नेपालमा राजसंस्था पुन:स्थापनाका निम्ति राजावादी शक्तिहरू जुर्मुराउन खोजिरहँदा पूर्वराजा स्वयम् पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कसरतमा छन् । दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनी गत फागुनमा पत्नी कोमलसहित भारत भ्रमणमा गएका थिए ।

सम्बाद सचिव डा. फणिराज पाठकका अनुसार, भेटघाट उत्तर प्रदेश राज्यको लखनउमा भएको थियो । सो भेटघाट सौहार्दपूर्ण भएको हाे ।