मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

शरणार्थी प्रकरणका नयाँ नयाँ अडियोहरु आउन थाले, सिआईबीलाई अनुसन्धान गर्न दिऊः एमाले महासचिव

सोमबार, बैशाख २५ २०८०

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् ।
नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन् ।

‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’  पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’