बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबी बैंकले फर्दर पब्लिक सेयर बिक्री गर्ने

मंगलबार, जेष्ठ २२ २०७५

काठमाडौं जेठ, २२–
एनएमबी बैंकले यही जेठ ३० गतेबाट फर्दर पब्लिक ईस्युु (एफपिओ) को बिक्री खुल्ला गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा प्रिमियम  वापत दुुई सय ३३ रुपैयाँ थप गरी प्रतिकित्ता तीन सय ३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपिओको बिक्री खुल्ला गर्न लागेको हो । 
नागरिक लगानी कोष बिक्री प्रर्वन्धक रहेको बैंकको सेयरको बिक्री कार्य छिटोमा असार ३ गते र ढिलोमा असार २८ गते बन्द हुुने छ । खरिदकर्ताहरुले न्युुनतम १० कित्ता देखि अधिकतम ५७ हजार ७० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी छ अर्ब ४६ करोड १७ लाख ७४ हजार तीन सय ३४ रुपैयाँ रहेकोको बैंकले सेयर बिक्री पश्चात चुुक्ता पुंजी सात अर्ब ६० करोड ३२ लाख ९० हजार छ सय ३४ रुपैयाँ पुुग्ने छ । राष्ट्र बैैकको निर्देशन अनुुसार वाणिज्य बैकहरुले आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउनुु पर्ने भएपछि बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो ।