काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्यो । लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो ।
नेपालका कुनै पनि ब्याट्सयानले ४० भन्दा माथिको स्कोर बनाउन सकेनन् । १० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।
उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका अन्य ५ ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।
आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।
कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए ।