बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्दीप लामिछानेको मुद्धाको पेशी न्यायधीस ढकालको इजालसमा

सोमबार, बैशाख ११ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।

काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसालका लागि न्यायधिस ढकालको इजालसमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ ।

नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसाला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

 

नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशवाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।