बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाल्पामा यात्रुबहाक बस दुर्घटना, १२ जनाको मृत्यु १५ घाइते

शुक्रबार, जेष्ठ १८ २०७५

पाल्पा जेठ, १८–
पाल्पाको रम्भा गाउँपालिका–४, होमिनमा यात्रुहकाक बस दुर्घटना भएको छ । शुक्रबार बिहान तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाले दिएको जानकारी अनुसार  सडकबाट खसेर भएको दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको हो ।

दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन नसकेको प्रहरीको भनाई छ । 

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेपछि दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ । बस दुर्घटनाकाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।