काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँस्थित कट्टेलधारमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव जोशीको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शनिबार शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका–४ धामखोलास्थित जंगलको खोल्सामा सोही ठाउँ बस्ने ६३ वर्षीय याम बहादुर सूर्यवंशी शनिबार मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते घाँस काट्न जंगल गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । म्याग्दीको धौलागिरी गाउँपालिका–४ नाउरा बस्ने २५ वर्षीय महेन्द्र दर्जी सोही ठाउँस्थित नाउरादेखि दरबाङ जाने बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित जिर्ण गाडीभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–१६ जलाद खोलामा सोही उपमहानगरपालिका–१६ बस्ने भारत घर भएका २२ वर्षीय इमरान हुसेन शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।