बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रताप दासको ‘मौसम’ सार्वजनिक (भिडियो)

मंगलबार, जेष्ठ १५ २०७५

काठमाडौं जेठ, १५–
यतिबेला पहिलो नेपाल आइडलका रनरअपहरुले गीतको भिडियो सार्वजनिक गर्ने होड नै चलेको छ । केही दिन पहिले फस्ट रनरअप निशान भट्टराईको गीत सार्वजनिक भए लगत्तै सेकेण्ड रनरअप प्रताप दास पनि नयाँ गीतका साथमा दर्शकमाझ आएका छन् । निशानको गतिले  राम्रो चर्चा पाइरहेको छ । पछिल्लो समय  चलचित्र पाश्र्व गायनमा समेत  चर्चा कमाउन सफल प्रताप ‘मौसम’ बोलको गीतका साथ दर्शकसामू आएका हुन् । उनलाई महिला स्वरमा  गायिका निर्मल उप्रेतीले साथ दिएकी छन्। प्रमिला बोहराको शब्द रहेको गीतमा भीम बिसीले सङ्गीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन नवराज उप्रेतीले गरेका छन्। गीतको म्युजिक भिडियो गायक प्रकाश सपुतको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 
गीत हेर्नुसः