बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । १० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने बारेमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्युनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नु अघि गठबन्धनका शीर्ष नेताबाटअनुमोदन गराउनका लागि बैठक बसेको हो ।

शीर्ष नेताबाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ ।