मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

सोमबार, चैत्र १३ २०७९

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार पनि २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।