बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

थप अंगरक्षक माग्नेहरुको नामावली यस्तो छ

बुधबार, जेष्ठ ९ २०७५

९ जेठ, काठमाडौं–पटकैपिच्छेका मन्त्री वा सरकारले शुरुमा उठाउने र पछि बिर्सने एउटा विषय हो, घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मी फिर्ती ।

पहुँचको आधारमा सादा पोशाकका सुरक्षाकर्मी बोक्नेमा राजनीतिक नेतृत्वका मानिस नै बढी छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनीहरूको घरबाट कामदारका रुपमा खटाइएका सुरक्षाकर्मी थुत्ने कुरा त कहाँ हो कहाँ अहिले फेरि अर्को लफडा आइलागेको छ ।

गृह मन्त्रालयमा आफ्नो जीउ–ज्यानमाथि समस्या भयो भन्दै केही नेताको ताँती लागेको छ ।

पूर्वमन्त्रीहरू दीपक बोहरा, एकनाथ ढकाल, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, गणेशमान पुन, आनन्द पोखरेल, अग्नि सापकोटा, सीपी मैनालीहरू हुन्, ती ।

गृहमन्त्री रामबहादुर थापाको पनि अप्ठेरो कस्तो छ भने, दिउँ भने केन्द्रीय सुरक्षा समितिको बैठकबाट पास भएको छैन । नदिएका कारण भोलि तलमाथि भयो भने अवगाल खानुपर्ने डर ।