बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बोक्सी भन्दै जेठाजुलेनै बुहारी कुटे

बुधबार, जेष्ठ ९ २०७५

९ जेठ, काठमाडौं–सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । 

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । 

कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।