मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उपराष्ट्रपतिमा हिजो निर्णय गर्न नसकेको सत्ता गठबन्धनको बैठक आज फेरि बस्ने

बिहिबार, चैत्र २ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसके पछि आज पनि बस्न लागेको हो  ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भए पछि आज बस्न लागेको हो ।

उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।