काठमाडौं – नेप्से फेरि घटेको छ । अघिल्लो दिन बढेको नेप्से बुधबार पुन १४ दशमलव ४४ अंकले घटेर १९ सय ३८ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव शुन्य तीन प्रतिशतले घटेर तीन सय ६५ दशमलव २९ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ५३ वटा कम्पनीहरुको २५ हजार चार सय ९१ पटकको कारोबारमा ३७ लाख १६ हजार छ सय ८४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब २० करोड २१ लाख ४१ हजार आठ सय ८२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा टे«डिङ समुहको सुुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ९४ अंकले घटेर १२ सय ५९ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक २७ दशमलव २४ अंकले घटेर तीन हजार पाँच सय ५५ दशमलव १५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि नौ दशमलव ६९ अंकले घटेर २५ सय ४९ दशमलव ७६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ४६ अंकले घटेर नौं हजार छ सय ९४ दशमलव २० अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।