मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

बुधबार, चैत्र १ २०७९

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए। पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको उनले बताए।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ । उपराष्ट्रपति पदका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भईसकेको छ । जसमा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र गठबन्धनका तर्फबाट प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन् ।