काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।
निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
शनिवार उम्मेदवारी दर्ता गरिएको थियो । यस्तै हिजो आइतवार दाबीविरोध भएको थियो।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।
दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित भएको छैन। यसअघि २०७३ चैत १५ गते निर्वाचन भएको थियो।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।