काठमाडौं । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस सिन्धुलीमा दुर्घटना भएको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९:१५ बजे दुर्घटना फिक्कल गाउँपालिका–४ मा भएकाे दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसमा सवार २४ जना घाइते भएका छन् । घाइतेको उद्धार गरेर घुर्मी र खुर्कोटसहितका अस्पतालमा उपचारका लागि पठाइएको छ ।