बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशी प्रदेश बन्दको प्रभाव, बन्दकर्ता सडकमा

आइतबार, फाल्गुन २८ २०७९

विराटनगर । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा बन्दको आह्वान गरिएको छ । बन्दका कारण प्रदेशमा सवारीका साधन चलेका छैनन् ।
प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिको आयोजनमा बन्दको आह्वान गरिएको हो ।

सङ्घर्ष समितिमा विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको छ । बन्द अगाडि हिजो कोशी प्रदेशका विभिन्न शहरहरूमा राँके जुलुस समेत निकालिएको थियो ।

कोशी प्रदेशमा मुख्य शहर विराटनगर, दमक, विर्तामोड र धरानलगायत शहरमा बन्दकर्ताहरु सडकमा निस्किएर छिटफुट चलेका सवारी साधन रोकेका छन् । उनीहरुले पहिचानसहितको नामांकन हुनुपर्ने भन्दै नारावाजी समेत गरेका छन् । उनीहरूले सडकमा अवरोध गरेको प्रहरीले जनाएको छ ।

प्रदेश सभाले कोशी प्रदेश नामकरण गरेपछि जातीय पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलन भएका छन् ।

प्रदेश सभाले गत फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । ४ मतमात्र विपक्षमा परेको थियो ।