काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताले अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुमा बन्दरहित सम्मानित क्षेत्रका रूपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिबद्धता जनाएको छ ।
‘आन्दोलनका नाममा हुने पदाधिकारी, प्रध्यापक, कर्मचारीमाथि व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने ।’ अनेरास्ववियुले जारी गरेको प्रतिबद्धता उल्लेख छ ।

