मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सकियो माओवादी धारका नेताको बालुवाटार बैठक

शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ ।

बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।

यसअघि २३ फागुनमा समेत उनीहरुको बैठक बसेको थियो । बैठकले शान्ति प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको थियो ।

आजको बैठकमा पनि प्रचण्डसहित माओवादी धारका नेताहरु सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी थिए ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवत: शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।