मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, फाल्गुन २३ २०७९

काठमाडौं – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको बलरा नगरपालिका–२ हथियौलमा एचआर २६ सिएच ९७०६ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने हरेशर सहनीको छोरी १८ महिनाकी माया कुमारीकोको सोमबार साँझ मृत्यु भएको छ । कारको ठक्करबाट गम्भिर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढमा प्र.२–०२–००३ प ७७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जानकी हेल्थ केयर जनकपुरधाममा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।