काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले भोट माग्दै पत्राचार गरेको पत्रमै खोट रहेको बताएका छन् ।
एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेस उम्मेदवार पौडेल दुवैको पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।
एमालेका उम्मेदवार नेम्वाङले सांसदहरुलाई भोट माग्दै सार्वजनिक पत्रमा राष्ट्रिय झण्डा अंकित छ भने ८ दलको समर्थनमा उम्मेदवार बनेका पौडेलको पत्रमा कांग्रेस पार्टीको झण्डा मात्र छ ।
भोलि गएर राष्ट्रकै अभिभावकीय भूमिकामा रहनुपर्ने व्यक्तिले संप्रेषण गरेको पत्रमा केवल दलको झण्डामात्र हुनुबाट उसले भावी दिनमा निर्वाह गर्ने व्यवहार झल्किने उनको भनाइको आसय देखिन्छ ।
दुवैको पत्रमा भएका झण्डालाई विश्लेषण गर्दै भट्टराईले कस्को र कस्तो राष्ट्रपति छान्ने ? प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्-
![]()