बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फिल्म ‘बेबी आइ लभ यू’ ले पायो ‘पिजी’ प्रमाणपत्र

सोमबार, बैशाख ३१ २०७५

काठमाडौं वैशाख, ३१–
जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’ सेन्सर पास भएको छ । १६ वर्ष भन्दा कम उमेर समुहका दर्शकले यो फिल्मलाई अभिभावकको साथमा हेर्नुपर्नेछ । फिल्मले पिजी प्रमाणपत्र पाएको हो ।
फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाणपत्र दिएको निर्माता शिव न्यौपानेले बताए । ‘सेन्सर सदस्यले फिल्म राम्रो भन्नु भयो’, निर्माता न्यौपानेले भने । जनक पाण्डे निर्देशित फिल्म ‘बेबी आइ लभ यू’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।
सन्तोष र पूजासँगै ‘बेबी आइ लभ यु’ मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थील गायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा नायक खड्काले नै लेखेका हुन् ।