बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साढे ३३ किलो सुनप्रकरणः एसएसपी दिवेश लोहनी विराटनगरबाट पक्राउ

बुधबार, बैशाख १९ २०७५

काठमाडौं वैशाख, १९–
 एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुनप्रकरणमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला पक्राउ परेका हुन्  । उनी  साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको ठहर गरेको थियो । सोहि बमोजिम उनलाई अपराध महाशाखाबाट हटाएर हेडक्वार्टर तानिएको थियो । बुधबार समितिले उनलाई बयानका लागि विराटनगर बोलाएको थियो।