बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सप्तकोशीले सुनसरी र झापा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने

आइतबार, बैशाख १६ २०७५

काठमाडौं वैशाख, १६–
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश नं.१ को सुनसरी र झापा जिल्लामा कार्यक्षेत्र थप गर्ने भएको छ । शनिबार विराटनगरमा सम्पन्न बैंकको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले ५० करोड चुक्ता पूँजी भएको ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाका लागि ५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्न सक्ने निर्देशन गरेकोले सप्तकोशीले कार्यक्षेत्र विस्तार गर्न लागेको हो । साधारण सभाको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनी रजिष्ट्रर कार्यालयबाट अभिलेख भएपछि कार्यान्वयनमा आउने छ । 
हाल पाँचथर, इलाम र मोरङ गरी तीन जिल्ला कार्यक्षेत्र रहेको यस बैंकले १३ वटा कार्यालयहरूबाट बैकिङ्ग सेवा दिईरहेको छ ।