शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुन तस्कर प्रकरणः पुर्वआईजिपी समेत शंकाको घेरामा, एसपी खनाल निलम्बित

शुक्रबार, बैशाख १४ २०७५

१४ वैशाख, काठमाडौं–तस्करले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाठौं भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरिक्षक आईजिपी प्रकाश अर्याल पनि छानविन समितिको दायरामा परेका छन् । 

यस विषयमा गृह मन्त्रालयले छानविन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ । 

बयानका लागि छिट्टै उनलाई समितिमा बोलाईने स्रोतले बतायो ।

३३ किलो सुन तस्करीमा संलग्न भएको अरोपमा पक्राउ परेका एसपी विकास खनालविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध अन्र्तगत मोरङ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको समय लिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।