काठमाडौं वैशाख, १२
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ११ दशमलव ८० प्रतिशत लाभांस बितरण गर्ने भएको छ । बैकले आर्थिक बर्ष २०७३—०७४ को नाफा नोक्सान हिसाब बाँडफाँड तथा अन्य वितरण योग्य कोष मध्येबाट आफ्ना शेयरधनीहरुलाई विकास बैंकको कायम रहेको एक अर्व ३५ करोड चुुक्ता पूूंजीमा बाहौ साधारण सभाबाट पारित दश बराबर आठ किता (१०ः८) प्रति कित्ता रु. १०० दरको हकप्रद शेयर निष्काशन पश्चात चुुक्ता पूूंजी दुुई अर्व ४४ करोडको दुई दशमलव पाँच प्रतिसत बोनस सेयर र नौ दशमलव ३० प्रतिशत नगद लाभांस वितरण गर्न लागेको हो ।
बैंकको बैंशाख १० गते बसेको संचालक समितिको दुुई सय तीन औं बैठकले निर्णय पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
बैंकले चालु आ.ब.२०७४—०७५ को चैत्र मसान्तसम्म १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि ३९ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ भने निष्कृय कर्जा अनुपात शुन्य दशमलव ७० प्रतिशत रहेको छ । कुल ३६ वटा शाखा कार्यालय रहेको बैंकले चालुु आ.ब.मा सात वटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म चार वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचालनमा ल्याउने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।