बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेल चलान गरियो गुन्डा नाइके मनाङ्गेलाई

शुक्रबार, बैशाख ७ २०७५

 

काठमाडौं वैशाख, ७–
विहिवार पक्राउ परेका प्रदेशसभा सदस्य तथा  गुन्डा नाइके राजीव गुरुङ उर्फ ‘दिपक मनाङ्गे जेल चलान भएका छन् ।  

शुक्रबार मनाङ्गेलाई  जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्न  आदेश दिएको काठमाडौं प्रहरीले जानकारी गरायो ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

गत माघमा सर्वोच्चको फैसलापछि उनी फरार रहदै आएका थिए ।  सुरुमा सिक्किम पुगेका मनाङ्गे पछिल्लो दुई सातादेखि भने  काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्रेस भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, उनी फेला परेनन् । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका मनाङ्गे   बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।

 ०६१ सालमा अर्का दीपक मनाङ्गेको समूहले डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो ।
प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता र्गयो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर र्गयो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।