बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईृजीपी खनालको प्रहरी अधिकारीहरुलाई निर्देशनः ‘लोभ, लालचमा पर्ने कसैलाई छाडिदैन’

आइतबार, बैशाख २ २०७५

काठमाडौं वैशाख, २–
महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि प्रहरी महानिरीक्षक सवेन्द्र खनालले प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । आईतवार उपत्यकाभरिका प्रहरी इकार्इमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै महानिरीक्षक खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न  निर्देशन दिएका हुन् ।

उनले प्रहरी अधिकारीलार्य इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए ।

प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा महानिरीक्षक खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’

प्रहरीको छवि सुधार्नका लागि गुन्डागर्दी गर्नेहरुसँग  उठबस नगर्न निर्देशन दिँदै  इमान्दारिता देखाउन तत्पर हुन निर्देशन दिए ।