बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफू मरेको खबर आफ्नै फेसबुकबाट पोष्ट !

सोमबार, चैत्र २६ २०७४

रसुवा चैत, २६–
रसुवाका चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण उनकै फेसबुकबाट सार्वजनिक भएको छ ।  रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोलको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । फेसबुक पेजमा लेखिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।

गत १५ चैतदेखि बेपत्ता  डंगोलको  भोलिपल्ट उनको परिवारले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएको थिए ।

उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।