बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव, कसले के भने ?

बुधबार, चैत्र २१ २०७४

 

काठमाडौं चैत, २१–
 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्नभारत भ्रमण सदभावना भ्रमण भएको बताएका छन् ।
बुधबार  बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत प्रष्ट पारे । “यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ ” प्रधानमन्त्री ओलीले भने, “यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,माधवकुमार नेपाल,झलनाथ खनाल,शेरबहादुर देउवा,लोकेन्द्र बहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहलगर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले पुरानो मानसिकता राखेर २१ औं सताब्दीको सम्बन्ध विकाश गर्न नसकिने बताएका थिए ।
पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए  । उनले नेपाल भारत सम्बन्ध  “ भाइभाइको हैन मित्र÷मित्र जस्तो हुनु पर्ने” बताए ।
पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए । उनले भने,  “भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ । ”
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए ।
 छलफलमा  पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली,नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।