काठमाडौं चैत, २०–
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले २३ चैतदेखि हुन लागेको आफ्नो आसन्न भ्रमणको बारेमा जानकारी गराउन विशेष सम्बोधन गर्न लागेका हुन् ।
संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन अनुसार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोबोधनका लागि संसद सचिवालयले कार्यसूचीमामा राखेको संसद सचिवालयले जनाएको छ ।
दास्रो कार्यकालमा पहिलो भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीको सम्बोधन अघि मन्त्रिपरिषद बैठक बस्दैछ ।
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने मुद्दाको सूची तयार गरेको थियो । आज बस्ने मन्त्रिपरिषदको बैठकले तिनै मुद्दालाई स्वीकृत गर्ने बताईएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीले खासगरी तीनवटा विषयमा छलफल गर्ने बताइएको छ ।
जसमा आधुनिक कृषि प्रणाली, निर्माणाधिन जलविद्युत आयोजना पुरा गर्ने र सडकमार्ग र रेलमाग लगायतका विषम पहिलो प्राथमिकतामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसबाहेका आपसी र दुईपक्षीय हितमासमेत कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज संसद बैठक दिउँसो १ बजे बस्दैछ ।
उता, संसदमा प्रधानमन्त्रीको सम्बोधन र विचाराधीन दुई अध्यादेश स्वीकृतपछि सङ्घीय संसद्को अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको छ ।
संसदमा रहेका प्रतिनिधिसभामा राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने र प्रधानमन्त्रीको सम्बोधनपछि अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी संसद सचिवालयको छ ।