बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई महिना भित्र राजधानीका मुख्य स्थानमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने

आइतबार, चैत्र १८ २०७४

काठमाडौं चैत, १८–
अब, राजधानीका मुख्य स्थानहरुमा  ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको छ ।  विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भू लगाएत स्थानमा  ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको हो ।

 ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ सेवाका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लिबीच सम्झौता भएको हो । विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका स्थानमा  ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्न   समझदारी भएको हो ।
आईतबार सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रालिका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा बसन्तपुर हनुमानढोका दरबार क्षेत्र, शंखपार्क र बालाजु बाईसधारा उद्यानमा पनि ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने उल्लेख गरिएको छ ।
समझदारी गरिएको ६० दिन भित्र ६ वटै स्थानमा सेवा संचालन गर्नुपर्ने सर्त समेत राखिएको छ । काठमाडौंलाई फ्रि वाईफाई जोन बनाउने प्रतिवद्धता अनुसार मुख्यमुख्य ६ वटा स्थानमा फ्रि वाईफाई सेवा संचालन गर्न लागिएको महानगरपालिकाका मेयर शाक्यले बताए ।
उनले सूचना प्रविधिलाई दुरुपयोग हुन नदिन पनि काठमाडौं महानगरपालिका सचेत रहेको स्पष्ट पार्नु भयो ।

वल्र्ड लिंक कम्युनिकेशन प्रालिका निर्देशक जलानले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वकै पर्यटक स्थलहरुमा इन्टरनेट सेवा संचालन गर्ने अवसर प्राप्त भएको भन्दै खुसी पनि व्यक्त गरे ।

९० दिन पनि तोकिएको स्थानमा वाईफाई इन्टरनेट सेवा संचालनमा नआए सो सम्झदारी स्वतः खारेज हुने प्रावधान पनि राखिएको छ ।