काठमाडौं चैत, १३–
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र मन्त्रालयले संयोजन गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा ब्रिफिङ गरेका हुन् । तर, अचम्म त के देखियो भने सरकारको भावी योजना तथा नीतिका बारेमा ब्रिफिङ कार्यक्रममा प्रमुख सत्ताघटक माओवादी केन्द्रका कुनै पनि नेता तथा मन्त्रीको समेत उपस्थिति रहेको देखिएन ।
माओवादीका कुनै नेता तथा मन्त्रीहरुलाई उक्त अबसरमा नबोलाईएको स्रोतको भनाई छ ।
सो अबसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यक्रमलाई सम्बोधन गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको बताएका थिए ।
सो कार्यक्रममा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा एमाले नेता माधव कुमार नेपाल र झलनाथ खनालको उपस्थिति रहेको थियो ।