बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको गलत कामको तत्काल विरोध गर्न नारायणकाजीको युवा विद्यार्थीलाई निर्देशन

आइतबार, चैत्र ११ २०७४

भक्तपुर चैत, ११–
प्रमुख सत्तारुढ दलका मुख्य नेता समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  सरकारले गलत काम गरे तत्काल विरोध गर्न युवा विद्यार्थीलाई  निर्देशन दिएका छन् ।

उनले  सरकारको ठिक कामको समर्थन गर्न  र गलत कामको तत्काल विरोध गर्न निर्देशन दिएका हुन् ।

 सम्वद्ध अखिल क्रान्तिकारीको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा वोल्दै श्रेष्ठले भने, ‘सरकारले राम्रो काम गरे दृडतापुर्वक समर्थन गर्नुस्। तर नराम्रो काम गरे तुरुन्त हस्तक्षेप गर्नुस्।’

‘युवा विद्यार्थीले आफुले ब्यक्तिगत रुपमा के पाउने भन्ने आधारमा दृष्टिकोण वनाउनु हुंदैन ’श्रेष्ठले भने, सरकारले गलत काम गर्न खोजेमा युवा विद्यार्थीले दवाव ,जागरण र खबरदारी गर्नुपर्छ।

अखिल क्रान्तिकारी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुई दिने प्रशिक्षक  प्रशिक्षणमा नेता श्रेष्ठ सहित गिरिराजमणि पोखरेल,राम कार्की,झलक सुवेदी ,हरि रोक्का,हितमान शाक्य र रञ्जित तामाङले प्रशिक्षण दिदैछन् ।