बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नासु भुजेल घुस लिँदालिँदै समातिए

शुक्रबार, चैत्र ९ २०७४

भक्तपुर चैत, ९–
 घुस लिँदालिँदै  भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट १० हजार रूपैयाँ घुस लिदै गर्दा उनलाई पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

आयोगले जनाए अनुसार उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।  भुजेलका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।