शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

यसरी सम्झिए विभिन्न नेताले स्वर्गीय गिरिजा प्रसादलाई

बुधबार, चैत्र ७ २०७४

काठमाडौं चैत, ७–
गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसमा आज उनको सम्झनामा विभिन्न दलका नेताहरुले उनको व्यक्तित्वको बारेमा चर्चा परिचर्चा गरेका छन् ।  पूर्व प्रधानमन्त्री तथा तत्कालिन काँग्रेस सभापति स्वर्गिय कोइरालाको व्यक्तित्व र योगदानका विषयमा दलका नेताहरुले चर्चा गरेका छन् । बुधबार कोइरालाको आठौ स्मृति दिवसका अवसरमा जिपी कोइराला अध्ययन केन्द्रले  राजधानीमा गरेको कार्यक्रममा दलका नेताहरुले नव नेपाल निर्माणमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महत, कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदीप पौडेल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।