बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यूएस —बांग्ला एयरलाइन्स विमान दुर्घटनाका ३२ मृतकको सनाखत

आइतबार, चैत्र ४ २०७४

काठमाडौं चैत, ४–
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत सोमबार भएको यूएस —बांग्ला एयरलाइन्स विमान  दुर्घटनामा मृत्यु भएका ४९ मध्ये ३२ जनाको सनाखत भएको छ ।      
सनाखत तथा शव बुझाउने कार्यमा संलग्न सहायक प्रहरी नायव उपरीक्षक बिशाल भण्डारीका अनुसार ३२ जनाको शब शनाखत भएको र शनिबारदेखि आफन्तलाई शव जिम्मा लगाउने काम समेत भैरहेको बताए । 

 अहिलेसम्म १७ जना बंगलादेश, १४ जना नेपाली र १ जना चिनियाँ नागरिकको शबको पहिचान भैसकेको भण्डारीको भनाई छ  ।  जसमध्ये १५ जनाको शब आफन्तलाई जिम्मा लगाइएको हो ।  १ चिनियाँ र  १४ जना नेपाली नागरिकको  शव आफन्तलाई जिम्मा लगाइएको छ । 

बंगलादेशी  नागरिकको शव भने सबै पहिचान पछि सबै बंगलादेशी  दूताबासलाई जिम्मा लगाइने बताइएको छ । 

 यूएस —बांग्ला एयरलाइन्सको सो विमानमा ४ जना चालकदल सहित ७१ जना सवार थिए । दुर्घटनामा परी ४९ जनाको मुत्यू भएको थियो । घाइते २२ जनाको अहिले काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।