बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कैलाली घटनाप्रति माओवादीको गम्भिर ध्यानाकर्षण

आइतबार, फाल्गुन २७ २०७४

 

काठमाडौं फागुन, २७–
 कैलालीमा एक छात्रामाथि बोक्सीको आरोपमा भएको अमानवीय व्यवहारप्रति माओवादी केन्द्रले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आज नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश समितिले  एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकास्थित राष्ट्रिय उच्च मावि कक्षा ११ मा अध्ययनरत छात्रा राधा चौधरीमाथि अन्तर्राष्ट्रिय महिला दिवसकै दिन  बोक्सीको आरोपमा आफ्नै बाबुको नेतृत्वमा स्थानीय बासिन्दाको एउटा समुहले दुव्र्यबहार गरेको थियो । विज्ञप्तिमा भनिएको छः २१ औं शताब्दीमा समाजमा घट्ने यस्ता सामाजिक विृकति, विसंगति, शोषण, दमन, अत्याचार कूरितिको चरम रुप हुन् ।

। स्वाघोषित बाबा बताउने रामबहादुर चौधरीद्वारा घटाइएको उक्त घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ । उक्त घटनाको भ्रत्सना गर्दे दाषीहरुमाथि हदैसम्मको कारवाबाीहको माग गर्दछौ । त्यस्तै, सोही पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले पनि उक्त घटनाको विरोध गरेको छ । आजै एक विज्ञप्ति जारी सो संगठनकी अध्यक्ष लक्ष्मी मुड्बरीले घटनाको विरोध गरेकी हुन् ।