बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्वासको मतका लागि प्रधानमन्त्रीलाई भोट नदिने कांग्रेसको जवाफ

आइतबार, फाल्गुन २७ २०७४

काठमाडौं फागुन, २७–
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्ने जनाएको छ । प्रमुख सत्ता घटक नेकपा एमालेले प्रधामन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग गरेको आग्रहप्रति नेपाली काँग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । एमाले नेता सुवास नेम्वाङका अनुसार  कांग्रेस बाहेक सबै दलले सकारात्मक जवाफ दिएका छन् । 

आइतबार विहान नेम्वाङले  कांग्रेससँग पनि वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको हो । एमालेका नेम्वाङ र कांग्रेस नेता मिनेन्द्र रिजालबीच भएको  वार्तामा रिजालले यस्तो जानकारी दिएका हुन् ।

कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने देखिएको नेम्वाङको भनाई छ । 

 आजै  उनले नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलसँग पनि छलफल गरेका थिए । उता नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई देश बाहिर रहेकाले मतदानमा सहभागी नहुने भएका छन् । 

प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित  रहेको एमालेको भनाई छ  । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।

विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन ।