बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राईम लाईफ इन्स्योरेन्सको ९७ करोड ६३ लाखको हकप्रद खुला

आइतबार, फाल्गुन २७ २०७४

काठमाडौ फागुन, २७–
प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले फागुुन २७ गते आईतबारबाट ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुंजीको एक बराबर एक दशमलव छ अर्थात एक सय ६० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अ्रंकित मुल्य कायम रहने गरी ९७ लाख ६३ हजार दुुई सय कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । 
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी बैशाख दुुई गतेसम्म जारी रहने छ । हाल चुक्ता पुंजी ६१ करोड २० हजार रुपैैयाँ रहेको कम्पनीको हकप्रद सेयर तथा बोनस सेयर बितरण पश्चात चुक्ता पुंजी झण्डै एक अर्ब ७८ करोड रुपैयाँको हाराहारीमा पुुग्ने छ । चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको कम्पनीको प्रति सेयर आम्दानी ३७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ दुुई सय ६६ रुपैयाँ छट पैसा रहेको छ । कम्पनीले गत आर्थिक बर्षको सोही अवधिमा भने तीन करोड ६१ लाख ५१ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।