काठमाडौं फागुुन, २५–
एभरेष्ट बैैकले एक सय आठौं महिला दिवसको अबसरमा निशुल्क स्वास्थ परिक्षण कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ ।
बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा दुुई सय जना मानिसले बिभिन्न बिषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा) गर्नु भएको थियो । उहाँले कार्यक्रमा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो । बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।