बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुमारी लक्ष्मी राईले गरिन राष्ट्रपतिमा उम्मेदवारी दर्ता, विद्यासँग चुनाव लड्न पाउदा खुशी लागेको प्रतिक्रिया

बुधबार, फाल्गुन २३ २०७४

काठमाडौं फागुन, २३–
नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनेकी  कांग्रेस नेतृ कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

 राईले संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । राईको उम्मेदवारीको  प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी तथा समर्थकमा  मेखलाल श्रेष्ठ, राधा घले लगायत रहेका छन् । नेतृ राईले उम्मेदवारी दर्ता गरे लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै  विद्या भण्डारी भन्दा सिनियर आफू नै रहेको बताईन्ल ।  पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको भन्दै राईले  वर्तमान राष्ट्रपति विद्या भण्डारीसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै लागेको जनाईन् ।