बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सञ्चारकर्मी नारायण कडरियाद्वारा सिर्जीत ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

मंगलबार, फाल्गुन २२ २०७४

काठमाडौं फागुन, २२–
कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतमा स्वर भरेका छन्।

गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन्। निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलार्इ देख्न सकिन्छ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भएपनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन्। उनको म्यूजिक भिडियो रिलिज हुनुअघि नै विशेष चर्चामा रहेको थियो।

सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको थियो। एजुकेशन पार्कले प्रायोजन गरेका म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू देख्न सकिन्छ।